|
|
|
|
(एजेन्सी)– यो सत्य हो कि फलफूलहरु स्वस्थकर र मिठो हुने भएकोले यसमा धेरैजसो मानिसहरुको बानी पर्छ । यदि लिचि खाने बानीमा हुनुहुन्छ भने गर्व गर्नुहोस् किनभने यो फलफूलको स्वास्थ्य लाभको बारेमा धेरै तथ्यहरु बाहिर निस्किसकेका छन् ।
एक फल
सोपबेरी अन्तर्गत पर्ने लिचि, प्रायः फिलिपिन्स, इन्डोनेसिया, उत्तरी भियतनाम, पूर्वी ताइवान, चीन र भारतमा पाइन्छ । यो मौसमी फलफूल हो जुन गर्मी याममा पाइन्छन् । यसमा शरिरका लागि अत्यावश्यक मानिने भिटामिन र मिनरल्स पाइन्छन् ।
अनुसन्धानले के भन्छ त ?
अनुसन्धानका आधारमा लिचिले क्यानसरको कोशिकाहरुलाइ बढ्न दिदैँन । यसको गुदिमा फ्ल्याभोनोइड्स हुन्छ जसले स्तन क्यानसर हुनबाट बचाउँछ । साथसाथै, यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा हुने भएकाले मुटु सम्बन्धि रोगबाट पनि छुटकार दिन्छ । भिटामिन ‘सी’ हड्डी, छाला र मासुका तन्तुका लागि फाइदाजनक छ ।
भिटामिन ‘सी’ को मात्रा बढि भएका कारण लिचि, घाँटी दुखेको, रुघा–खोकीको ज्वरो आएको मानिसहरुलाई राहत प्रदान गर्छ । यसले पाचन शक्तिलाई पनि मजबुत गर्छ र दुखाईबाट पनि टाढा राख्छ ।
सर्वोत्कृष्ट छान्नुस्
लिचि किन्दै हुनुहुन्छ भने बोक्रा कडा भएको, नफुटेको र डाँठसँग जोडिएको छान्नुहोस् । यसको रङ गुलाबी अथवा रातो हुनुपर्छ । यदि खैरो छ भने धेरै पाकेको भनेर बुझ्नुहोस् । धेरै पाकेको लिचि मिठो हुँदैन ।
प्रेम र रोमान्सको प्रतिक
चीनमा लिचिलाई प्रेम र रोमान्सको प्रतिकको रुपमा लिइन्छ । यदि कुनै बेला फलफूल किन्दै हुनुहुन्छ भने एक झुप्पा लिचि किन्न नभुल्नुहोला ।

No comments:
Post a Comment