Thursday, May 21, 2015

लसुनमा लुकेका रहस्यहरू...

खाना पचाउन र रक्त सञ्चारका लागि लसुन अचुक औषधि हो । प्रचुर मात्रामा सल्फर हुने भएकाले यसले रोगसँंग लड्ने क्षमता बढाउँछ । नियमित लसुन खाने व्यक्तिको प्रतिरक्षा क्षमता बलियो हुन्छ । त्यसैले लसुनलाई प्राकृतिक एन्टिबायोटिक्स पनि भनिन्छ । लसुनमा एल्लिन, एल्लिसन, एल्लिनेजलगायतका दर्जनांै जैविक रूपमा सक्रिय तत्व पाइन्छन् । यिनीहरूले मानिसको रोगसँग लड्ने क्षमता बढाउने गर्छन् । लसुनलाई काँंचै चपाएर वा पकाएर खानुपर्छ । तर पोलेर खानु हँुंदैन ।

लसुन चपाएर खाएमा एल्लिन र एल्लिनेज एन्जाइम एकआपसमा मिलेर रसायनिक प्रतिक्रिया भई एल्लिसिन उत्पादन हुन्छ । सल्फरमा आधारित यौनिकसँंग एल्लिसिनले शक्तिशाली एन्टिबायोटिक्स, एन्टिभाइरल र एन्टिफंगलका रूपमा काम गरेर प्रतिरक्षा प्रणालीलाई सघाउ पु¥याउँछ । यसका अलावा लसुन रक्तचाप नियन्त्रण ल्याउनुका साथै कोलेस्टोरोल कम गर्नमा पनि सहयोग गर्छ ।

 कसरी प्रयोग गर्ने लसुन ? 
लसुन पोलेर खानु हुँदैन । यसलाई काँचै चपाएर खाएमा बढी फाइदा हुन्छ । यसलाई पिसेर दाल, तरकारी, मासु वा अन्य परिकारमा मिसाएर पकाएर पनि खान सकिन्छ । लसुन धेरै भने खानु हुँदैन । जसरी आवश्यकताभन्दा बढी एन्टिबायोटिक्सले हामीलाई हानि गर्छ ठीक त्यसैगरी लसुन बढी खाए पनि यसले फाइदा गर्दैन । बढी खाएमा शरीरबाट अप्रिय गन्ध आउँछ । पसिना, पिसाब र सासबाट यसको गन्ध बाहिर आउँछ । अल्युम सल्फर समूहको विघटनले गन्ध आउँछ । अल्युम सल्फर समूह पचेपछि अलाई मिथाइल सल्फाइड यौगिक बन्छ र यसलाई शरीरले पचाउन सक्दैन । यो रगतमा मिसिन्छ र विभिन्न माध्यम भएर शरीरबाट बाहिर आउँछ । हरिया सागपातमा पाइने क्लोरोफिलले अलाई मिथाइल सल्फाइडलाई शरीरबाट निकाल्न सहयोग गरी लसुनको गन्ध कम गर्छ ।हेल्थ टुडे नेपालबाट

Watch Related Video:

No comments:

Post a Comment