|
|
|
|
मन नपरेपनि दौडनुस् । दौड्नु व्यायामको एक उत्कृष्ट रुप मानिएको छ जसले तपाईंलाई फिट राख्छ । यति मात्र होइन, यसले तपाईंको तौलमा पनि सन्तुलन राख्छ । हप्ताको तीन-चार पटक ३० देखि ४५ मिनेटसम्म दौडने गर्नुभयो भने कम्मर छाँटिन्छ, हृदय प्रणालीलाई बलियो राख्नुका साथै सकारात्मक सोच राख्न मद्दत गर्छ ।
तपाईंले आजै देखि दौडनु पर्ने कारण यहाँ उल्लेख गरिएको छ ।
– हृदय प्रणालीलाई बलियो बनाउनका लागि यो एउटा सबभन्दा छिटो माध्यम हो । जति धेरै दौडनु हुन्छ, त्यति नै बढि फिट रहनुहुन्छ ।
– दौडन सुरु गर्नमा तपाईंलाई धेरै सामग्रीको आवश्यक पर्दैन । एक जोर बलियो जुत्ता, ट्र्याक पेन्ट, हाफ पेन्ट साथमा भयो भने दौडनको लागि तयार भए हुन्छ ।
– राम्रो दौडका लागि तपाईं टाढा-टाढा धाइरहनु पर्दैन । मात्र आफ्नो दौडने तरिका ठिक भएको निश्चित गर्नुस् । – दौडले तपाईंलाई शारिरिक सुन्दरता मात्र प्रदान नगरि मानसिक सुन्दरता समेत प्रदान गर्छ ।
– टेन्सनमा हुनुहुन्छ ? दौडमा निस्कनुस्, विशेषज्ञ बताउँछन्, दौडले टेन्सन कम गर्न निकै मद्दत गर्छ । जब तपाईं दौडनु हुन्छ तब यसले दिमागलाई पखाल्छ र राम्रोसंग ध्यान केन्द्रित गर्छ ।
– दौडले शरिरको बोसोलाई मासुमा परिवर्तन गर्छ जसका कारण तौल घट्छ । जति धेरै दौडनु हुन्छ त्यति धेरै तौल घटाउनु हुन्छ ।
– अनुसन्धानले पनि भन्छ, दौडले मानिसको सेक्स ड्राइभमा पनि सकारात्मक असर पुर्याउँछ ।
– एक्लै हिँड्नु पर्छ भन्ने छैन, साथीलाई प्रस्ताव राख्न सक्नुहुन्छ । यसरी तपाईंले साथीको साथ पाउनका साथै एकले अर्कालाई प्रोत्साहन गर्न सक्नुहुन्छ ।
– दौडले तपाईंलाई एकाग्र बनाउँछ ।
– जुन सहनशीलता तपाईंले दौडबाट ग्रहन गर्नुहुन्छ, त्यो तपाईंको खेल जीवनमा पनि काम लाग्छ ।
– हृदय प्रणालीलाई बलियो बनाउनका लागि यो एउटा सबभन्दा छिटो माध्यम हो । जति धेरै दौडनु हुन्छ, त्यति नै बढि फिट रहनुहुन्छ ।
– राम्रो दौडका लागि तपाईं टाढा-टाढा धाइरहनु पर्दैन । मात्र आफ्नो दौडने तरिका ठिक भएको निश्चित गर्नुस् । – दौडले तपाईंलाई शारिरिक सुन्दरता मात्र प्रदान नगरि मानसिक सुन्दरता समेत प्रदान गर्छ ।
– टेन्सनमा हुनुहुन्छ ? दौडमा निस्कनुस्, विशेषज्ञ बताउँछन्, दौडले टेन्सन कम गर्न निकै मद्दत गर्छ । जब तपाईं दौडनु हुन्छ तब यसले दिमागलाई पखाल्छ र राम्रोसंग ध्यान केन्द्रित गर्छ ।
– दौडले शरिरको बोसोलाई मासुमा परिवर्तन गर्छ जसका कारण तौल घट्छ । जति धेरै दौडनु हुन्छ त्यति धेरै तौल घटाउनु हुन्छ ।
– अनुसन्धानले पनि भन्छ, दौडले मानिसको सेक्स ड्राइभमा पनि सकारात्मक असर पुर्याउँछ ।
– एक्लै हिँड्नु पर्छ भन्ने छैन, साथीलाई प्रस्ताव राख्न सक्नुहुन्छ । यसरी तपाईंले साथीको साथ पाउनका साथै एकले अर्कालाई प्रोत्साहन गर्न सक्नुहुन्छ ।
– दौडले तपाईंलाई एकाग्र बनाउँछ ।
– जुन सहनशीलता तपाईंले दौडबाट ग्रहन गर्नुहुन्छ, त्यो तपाईंको खेल जीवनमा पनि काम लाग्छ ।
No comments:
Post a Comment